३ कार्तिक २०८३, मंगलबार

करिब १८ हजारको पीसीआर पीसीआर परीक्षण, १२१ संक्रमित, ३३ जना डिस्चार्ज

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडैँ, २९ वैशाख । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालमा गत शुक्रबार स्वीटजरल्याण्ड सरकारले सहयोग दिएको ३० हजार थान पीसीआर किट आइपुगे पछि सरकारले पीसीआर प्रविधिबाट कोरोना परीक्षणलाई तिब्र बनाएको छ ।

सोमबार एकैदिन नेपालमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । सोमबार कपिलवस्तुमा १० र सप्तरीमा एक जना संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिला गरी १२१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश ५ मा सबैभन्दा बढी ४० जनामा संक्रमण देखिएको छ ।

यस्तै प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

त्यस्तै, सोमबार कोशी अस्पताल विराटनगरमा उपचाररत २ जना संक्रमित डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षका पुरुष १८ औं दिन र झापाका ४८ वर्षका पुरुष १५ औं दिनमा डिस्चार्ज भएका हुन् ।

२४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ ।

निको भएका ३३ जनामध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएको छ ।