
काठमाडौँ, २९ वैशाख । भारतले मिचेको भूमि फिर्ता गर्न माग गर्दै प्रदर्शन गर्ने क्रममा नेविसंघका अध्यक्ष राजीव ढुंगानासहित सय भन्दा बढी पक्राउ परेका छन् । माइतीघर मण्डालामा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।
लकडाउनबीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनमा उत्रिएका अध्यक्ष ढुंगाना, महामन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलियासहित दर्जनौँ पक्राउ परेका हुन् ।
उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।















प्रतिक्रिया