
काठमाडौँ, २९ वैशाख । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न लागि चीनले नेपाललाई अत्यावस्यक परीक्षण कीटलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामाग्री हस्तान्तरण गरेकी छन् । विषम परिस्थितिमा नेपाललाई निरन्तर सहयोग गरेकोमा मन्त्री ढकालले चीनको प्रशंसा गरेकी छन् ।
चीनले ४० हजार थान पिसिआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।
यसअघि पनि चीनले ठूलो परिमाणमा मेडिकल सामाग्री अनुदान स्वरुप सहयोग गरको थियो ।















प्रतिक्रिया