
काठमाडौँ, २९ वैशाखं । सप्तरी जिल्लामा पनि एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ति युवकमा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो संक्रमितसहित नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ । यसअघि सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण देखिएको थियो ।















प्रतिक्रिया