७ मंसिर २०८३, सोमबार

नेपाली भू–भागमा भारतीय सडक : कोरोना अन्त्यसम्म नेपालले नपर्खने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । आफ्नो भू–भागमा भारतले सडक निर्माण गरेको विषयमा आपत्ति जनाएका बेला भारतीय पक्षबाट कोरोना अन्त्यपछि सीमा विवादको वार्ताका लागि गरेको प्रस्ताव सरकराले अस्वीकार गरेको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय विदेश मन्त्रालयको वक्तव्यमा कोरोना अन्त्यसम्म वार्ताका लागि पर्खिन भारतले भनेको विषय नेपाल सरकारलाई अस्वीकार रहेको बताए ।

दार्चुलाको लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरी उद्घाटन गरेपछि त्यसको व्यापक विरोध भएको छ ।

सोही बैठकमा नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगका सीमा क्षेत्रको विवाद सँधैको लागि अन्त्य गर्न काँडेतार वा पर्खाल लगाउनुपर्ने सुझाव दिए । सोही क्रममा नै तत्काल भर्चुअल बैठक गरी विवादका विषयमा भारतीय पक्षसँग कुरा गर्न सरकारलाई सुझाव दिए ।