३ कार्तिक २०८३, मंगलबार

भारतबाट नेपाल भित्रिएका कपिलवस्तुका दश जनामा काेराेना पुष्टि

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २९ वैशाख । कपिलवस्तु जिल्लामा कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा थप १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पुष्टि गरेको हो । संक्रमित सबै पुरुष हुन् ।

यसरी संक्रमित हुनेमा १८,१९,२४, ३०, ३१ वर्षका एक-एक पुरुष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरुष रहेका छन् ।

यसैगरी एक जनाको भने उमेर खुलेको छैन् । उनीहरू सबै कपिलवस्तुका हुन् । उनीहरू सबै भारतबाट नेपाल भित्रिएका थिए ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा संक्रमितहरु कपिलवस्तुका यशोधरा गाँउपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० बाट रहेको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ।