३ कार्तिक २०८३, मंगलबार

मलामी गएका दुई जनाको ट्याक्टर दुर्घटनामा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २७ फागुन । डडेल्धुरामा आज बेलुका भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मालामी लिएर फिर्ता भईरहेको से १ त ४२६३ नम्बरको ट्याक्टर केआई सिंह राजमार्गको राईँको मोड नजिकै पल्टिदाँ चालकको घटना स्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको क्रममा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।

उपचारको क्रममा मृत्यु हुनेमा डडेल्धुराको कोटेली गाविस ९ का अन्दाजी २७÷२८ बर्षिय दिल बहादुर बुढाऐर रहेका छन भने मृतक चालक कमल सार्की रहेको बताईएको छ । उनको अन्य विवरण खुल्न सकेको छैन ।

दुर्घटनामा अन्य २ जना घाईते छन् । ट्याक्टरमा सवार अन्य ८ जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

प्रहरीका अनुसार मालामी गएर घर तिर फर्किने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।