३ कार्तिक २०८३, मंगलबार

लकडान खुकुलो, रौतहटको सहर बजारमा बढ्यो चहलपहल (तस्वीरसहित)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट २८ वैशाख । आइतबारबाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन भएपछि रौतहटको सहर बजारमा चहलपहल बढेको छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा, समनपुर, कटहरिया गौर लगाएतमा समेत चहलपहल बढेको देखन पाएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेपछि आईतबार रौतहटमा ह्वात्तै चहलपहल बढेको देखिएको हो ।

लकडाउन खुकलो बनेपछि रौतहटका व्यापारिहरुले समेत पसलहरु धमाधम खोल्न थालेका छन् । यता साना सवारी साधन पनि चलन थालेको छ । रौतहटमा आईतबार सब भन्दा बढी भिडभाड बैंकहरुमा देखिएका थिए ।