बुटवल, २८ वैशाख । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आइपुगेको छ ।
किट सकिएको १ सातापछि १ हजार थान आइपुगेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरिले बताए ।
किटले ८ सय सम्मको परीक्षण गर्न मिल्ने उनले बताए । किट आएसंगै स्वास्थ्य कार्यालय रुपन्देहीले पीसीआर परीक्षणका लागि शनिबार १ सय ९१ जनाको स्वाब संकलन गरेको छ ।
जिल्लाका ६ वटा पालिकाका क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।
उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले कोटहीमाईबाट २६, सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ६२, रोहिणीबाट १५ र ओमसतियाबाट १७ जनाको स्वाब संकलन भएको छ । उनीहरू सबै भारतबाट आएका थिए ।











प्रतिक्रिया