७ मंसिर २०८३, सोमबार

गुल्मीमा प्रहरीद्धारा चरम यातना, आयोगबाट छानविन शुरु

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २७ वैशाख । ज्यान मुद्धाको आरोपमा हिरासतमा राखिएका समयमा गुल्मी जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र खडकाको नेतृत्वमा इन्स्पेक्टर चुणामणि पुनले अनुसन्धानका नाममा विष्णुप्रसाद कँडेललाई चरम यातना दिएको खुल्न आएपछि राष्ट्रिय मानवअधिकार आयोगले छानबिन प्रारम्भ गरेको छ ।

अति मादक पदार्थ सेवन गरी गुल्मी दरबार भोटुकाका मोहनप्रसाद चुडाली घर फर्किने क्रममा भीरबाट लडका थिए । भीरबाट लडेका चुडाली अर्को दिन बिहान मृत अबस्थामा भेटिए ।

उनी मृत अबस्थामा भेटिएपछि अघिल्लो दिन एकै छिन भेट भएका विष्णु कँडेल समेत ६ जनालाई प्रहरीले थुनामा राखेको थियो । थुनामा राखेका मध्ये कँडेलाई मात्र दोषी साबित गराउन इन्स्पेक्टर पुनले दैनिक मुखमा बुटले हान्ने जस्ता अनेक खाले दबाब दिएर चरम यातना दिएको कुरा जिल्ला अदालत समक्ष कँडेलले बताएका छन् ।

थुनछेकका लागि अदालतमा लैजाँदा प्रहरीले ‘कुटपिट गरेको कुरा बताइस् भने तेरो छोरा, तेरो श्रीमती समेतलाई प्रहरी खोरमा ल्याएर राखिदिन्छु’ भन्ने जस्ता धम्की पनि प्रहरीले दिने गरेको कुरा विष्णु कँडेलका छोरा कृष्णप्रसाद कँडेलले राष्ट्रिय मानवअधिकार आयोगमा यातना दिने प्रहरी अधिकारी उपर कारबाही गरि पाउँ भनी दिएको निबेदनमा उल्लेख छ ।

प्रहरीको यातनाबाट विष्णु कँडेलको एकातर्फको हात उठाउन पनि नहुने भएको र मुखमा निरन्तर बुटले हानेको कारण एकातर्फका दातहरू हल्लिएको अबस्थामा भएको कुरा

आयोगमा दर्ता गराइएको निबेदनमा उल्लेख छ । चरम मानब अधिकार उल्लंघन गर्ने कार्य गर्ने प्रहरीमाथि हँदैसम्म कारबाही गरी क्षतिपूर्तिको माग समेत कण्डेल परिवारले गरेको छ ।

विष्णु कँडेलका दाजु गणेश कँडेलले कसैलाई उन्मुक्ति दिन अर्को निर्दोष व्याक्तिलाई यति धेरै यातना प्रहरीले अहिले पनि दिदो रहेछ भन्ने विष्णु कँडेललाई दिएको यातनाबाट थाहा भएको बताएका छन् । यो हदसम्मको यातना त राणा शासनमा पनि दिइँदैनथ्यो होला । अहिले गणतान्त्रिक मुलुक २०७२ सालको संविधान र त्यसले प्रत्याभूत गरेका अधिकारको उपयोग अदालतले दोषी ठहर गरेकाले पनि गर्न पाउँछन् भने यो घटना त कसैले आरोप लगाएकै भरमा थुनामा राख्दा अनुसन्धानका नाममा दिइएको यातनाले संविधान, ऐन, नियम र अन्तर्राष्ट्रिय रुपमा राज्यले गरेका प्रतिबद्धता, सम्झौता, महासन्धिलाई पनि चुनौति दिएको कँडेलले बताएका छन् ।

स्थानीयका अनुसार साँझपख मादक पदार्थ सेवन गरी मात्तिदै बीरबासबाट ओरालो लागेका चुडालीले रुमपोखरामा लक्ष्मण डम्वरपाल र उनकी श्रीमती कमला डम्वरपालले संचालन गरेको होटलमा रुमपोखरा निवासी विष्णुप्रसाद कँडेललाई पनि बोलाएर फेरि पनि मादक पदार्थ थप गरेका थिए ।

मादक पदार्थले मात्तिएका चुडाली आफ्नो घर भोटुकातर्फ लागेछन भने विष्णु आफ्नै घरमा गएर सुतेछन् । चुडाली आफ्नो घरतर्फ भोटुका जानेक्रममा बाटो निकै भिरालो भएकोले पनि थामिन नसकेर उनी लडेछन् । त्यसको केही समयपछि सोही दिन राति बीरबासतिरैबाट आफैले गाडी चलाएर सोही बाटो हुँदै भोटुकातर्फ लागेका सागर सोमैले लडेर सडकमा लडेका चुडालीलाई पञ्छाएर अगाडि बढेछन् ।

सबैभन्दा पहिले चुडाली लडेको अबस्थामा देख्ने सागरले कसैलाई खबर पनि गरेन्छन् । आफूले उद्धार पनि गरेन्छन् । स्थानीय भन्छन् – लडिरहेका चुडालीलाई सारेर गाडी हिडाउने सागर सोमैको लाइसेन्स पनि थिएन । त्यो कुरा प्रहरीले अनुसन्धान गर्दा पूर्णतः बेवाास्ता गर्नु र विष्णु कँडेललाई चरम यातना दिएर मैले नै घुचेटेको हुँ भन्ने बनाउन प्रहरी जसरी लाग्यो । त्यो आफैमा रहष्यमय रहेको कानून ब्यबसायीहरूले बताएका छन् ।

प्रहरीले यातना दिएको भन्ने सबन्धमा निबेदन आएको छ । त्यसउपर राष्ट्रिय मानवअधिकार आयोगले आबश्यक प्रक्रिया प्रारम्भ गरिसकेको आयोगका निर्देशक मुरारी खरेलले जानकारी गराएका छन् । यदि निबेदनमा उल्लेख भएजस्तै यताना दिएको हो भने त्यो गभीर कारबाहीको विषय हुन्छ र प्रहरीले अनुसन्धानका नाममा मानवअधिकार उल्लंघन गर्न कदापि पाइँदैन यो छुट हुने विषय होइन भनेका छन् ।