३ कार्तिक २०८३, मंगलबार

भारतले भूमि मिचेको प्रति नेपालद्धारा खेद प्रकट, नेपाली भूभागमा कुनै गतिविधि नगर्न आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । भारतले नेपालको भूमि मिचेर सडक निकालेको प्रति नेपालले खेत व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुला लिपपुलेक सडकको उद्घाटन गरेको घटनाप्रति नेपालले खेद व्यक्त गरेको हो ।

मन्त्रालयले विज्ञप्ति निकालेर ‘भारतले नेपाली भूभाग हुँदै नेपालको लिपुलेक जोड्ने सडक उद्घाटन गरेको’ मा खेद व्यक्त गरेको हो ।

विज्ञप्तिमा नेपाल सरकारले सुगौली सन्धीअनुसार काली नदीदेखि पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको सबै भाग नेपालको हो भन्नेमा निरन्तर अडान राख्दै आएको उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा ‘नेपालले धेरै पहिलेदेखि यो अडान राख्दै आएको छ । केही अघि भारतले राजनीतिक नक्शा जारी गरेपछिको अवस्थामा २० नोभेम्वर २०१९ मा पठाएको डिप्लोम्याटिक नोटमा त्यसलाई दोहोर्याएको छ,’ भनिएको छ ।

त्यस्तै, दुई देशबीचको सीमाका बारेमा प्रधानमन्त्रीस्तरमा भएको ‘सीमा विवाद छलफलद्वारा टुंगो लगाउने’ समझदारीको पनि उल्लंघन हुने नेपालले ठहर गरेको छ ।

नेपाल सरकार ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शामा आधारित भएर कूटनीतिक रूपमा सीमा विवादको समाधान खोज्न प्रतिवद्ध रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विकसित अवस्थामा नेपाल सरकार भारत सरकारलाई नेपाली भूभागभित्र कुनै पनि गतिविध नगर्न आग्रह गर्छ ।’