३ कार्तिक २०८३, मंगलबार

युवा नेता शुरेश शाहीद्धारा ५० जना दिर्घरोगीलाई औषधी र मास्क निशुल्क वितरण

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २७ वैशाख । लकडाउनका कारण नियमित औषधी सेवनबाट बन्चित भएका दिर्घरोगीहरुलाई गन्यापधुरा नेकपा (नेकपा) सचिव युवा नेता शुरेश शाहीले ५० जना व्यक्तिलाई निशुल्क औषधी वितरण गरेका छन् ।

सरकारले गरेको लकडाउनका कारण नियमित औषधी सेवन गर्नबाट बञ्चित भईएका ५० जना व्यक्तिहरुलाई मास्क र औषधी वितरण गरेका छन् ।

दक,मुटुरोग,थाईराईड, पाठेघर,प्रेसर लगायत नियमित सेवन हुने औषधीहरु उनले गन्यापधुरा गाउपालिका वडा नं.३का विभिन्न बस्तीहरुमा गई वितरण गरेको र नियमित औषधी सेवनबाट बञ्चित व्यक्तिहरुको थप खोजी गरिरहेको शाहीले बताए ।

लकडाउनले गर्दा औषधी सेवनमा समस्या भईरहेको बेला शुरेश शाहीले निशुल्क औषधी दिएपछि पुन दैनिक सेवन गर्दै आएको जसुदेवी भुलले बताईन । उनले भनिन् औषधी पनि थिएन पैसा पनि थिएन तर भगवान बनेर आएका शाहीको कहिले गुन विर्सने छैन ।

औषधी वितरण कार्यलाई निरन्तरता दिने र दैनिक गुजरा गर्न समस्या भएका व्यक्तिहरुलाई पनि राहतको व्यवस्था गरिरहेको शाहीले बताए ।

गन्यापधुरा गाउपालिका वडा नं. ३ स्थायी घर भएका शाही पछिल्लो समय विभिन्न सामाजिक सेवामा सक्रिय रहदै आएका छन् ।