७ मंसिर २०८३, सोमबार

चिनियाँ दूतावास भन्छ– हाम्रा नागरिकले नेपालको कानुन मान्नुपर्छ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेपालका लागि चिनियाँ राजदूतावासले सिंहदरबारमा आफ्ना देशका नागरिकले गरेको प्रतिकार गलत भएको जनाएको छ ।

नेपालमा रहेका कारण यहाँको कानुन र अवस्थालाई आफ्ना नागरिकले स्वीकार गर्नुपर्ने दूतावासले जनाएको हो । घर फर्किन पाउनुपर्ने भन्दै तीन दर्जन चिनियाँ नागरिकले सिंहदरबारमा नारा जुलुस गर्ने क्रममा नेपाल प्रहरीका अधिकारीसहित माथि आक्रमण गरेका थिए ।

सो क्रममा चार जना प्रहरी घाइते भएका थिए भने लाठीचार्जमा दुई चिनियाँ नागरिक घाइते भए । यसै सन्दर्भमा चिनियाँ राजदूत होउ यान्छीसँग नेपाल प्रहरीले घटनाका विषयमा कुराकानी गरिसकेको छ ।