४ कार्तिक २०८३, बुधबार

नायिका चाेपडालाई मध्यराति डनरमा बाेलाउनुकाे यस्ताे थियाे अर्थ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा बताएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरूका बारेमा बताउँदै काउस्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् ।

उनले करियरको शुरुवातमा फिल्म निर्माताहरूले खाना खाने बाहानामा बाेलाउने गरेकाे बताएकी छिन् । उनले भनेकी छिन्, ‘कास्टिङ काउचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरू मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरू रातको ११/१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’

शर्लिनले ४/५ पटक डिनरमा गएपछि ‘डिनर’ को अर्थ बुझेको बताइन् । उनले भनिन्, ‘मैले डिनरको मतलब बुझेँ । त्यसपछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउँन आग्रह गरेँ ।’