३ कार्तिक २०८३, मंगलबार

धनगढीकी संक्रमित महिलाले जितिन् कोरोना, सुदूरपश्चिमका पाँचै जना डिस्चार्ज

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर धनगढी ५ की कोरोना संक्रमित महिला घर फर्किएकी छन् ।

उनको पछिल्लो २४ घण्टाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनको देवरबाट उनमा कोरोना सरेको थियो । देवरको यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

सेती अस्पतालमा भर्ना भएका पाँचै जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

वैशाख १ पछि प्रदेशमा संक्रमित भेटिएका छैनन् ।

सुदूरपश्चिममा निकै संख्यामा भारतबाट नेपाली फर्केका छन् । यद्यपि परीक्षण कम भएको बताइएको छ ।