३ कार्तिक २०८३, मंगलबार

एसईईको परीक्षा लिनु आवश्यक छैन : पूर्वप्रधानमन्त्री भट्टराई

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २६ वैशाख । पूर्वप्रधानमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले सएईई लिनु आवश्यक नरहेको बताएका छन् । शुक्रबार प्रारम्भ बजेट अधिवेशनमा प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणको मारमा परेका बालबालिकालाई परीक्षाले मानसिक तनाव दिएको भन्दै यो परीक्षा आवश्यक नभएको प्रष्ट पारे ।

‘एसईईको परीक्षा लिनु आवश्यक छैन’, भट्टराईले भने, ‘१२ कक्षासम्म माद्यमिक तह भएपछि १० कक्षाको परीक्षा लिनु आवश्यक छैन । आआफ्नो विद्यालयले उचित नम्बर दिएर बालबालिकालाई चिन्तित नबन भने पुग्छ ।’

त्यस्तै, शिक्षामन्त्रीले लकडाउन खुलेको भोलिपल्ट परीक्षा हुन्छ भन्नु अझ गलत भएको उनले बताए ।