
काठमाडौं, २६ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको बताएका छन् ।
शुक्रबार सुरु भएको संसदको छैठौं अधिवेशनका क्रममा बोल्दै देउवाले स्वास्थ्य सामग्री खरिद, सांसद अपहरणको हल्ला, अध्यादे जारी गर्ने र फिर्ता गर्नेजस्ता कामले सरकारको नैतिकता नै नरहेको बताए ।
कोरोना भाइरसको महामारी रोकथामका लागि सर्वपक्षीय छलफल र सहकार्यमा पनि सरकार चुकेको बताएका देउवा भन्छन्,‘गाउँ जाने सर्वसाधारणलगायतका विषयमा सरकारले सहजीकरण गर्न सकेन ।’











प्रतिक्रिया