
काठमाडौँ, २६ वैशाख । शेयरबजार (नेप्से) को कारोबार मंगलबारदेखि २ घण्टा खुल्ने भएको छ । नेप्सेलाई आगामी मंगलबार बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन गर्न शुक्रबार नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको हो ।
बोर्डले २ प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ । बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको हो । कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतले घटबढ हुँदा सर्किट लाग्ने छ ।
डिजीटल कारोबारमा पनि बोर्डले अनुरोध गरेको छ ।















प्रतिक्रिया