३ कार्तिक २०८३, मंगलबार

बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २६ वैशाख । आफ्नै बुबा र भिनाजुको हत्या गरेको अभियोगमा तेह्रथुम र खोटाङ जिल्लामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा तेह्रथुम, फेदाप गाउँपालिका ५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिरहेको छ ।

त्यस्तै, खोटाङमा आफ्नै भिनाजुलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा केपिलासगढी गाउँपालिका २ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मिलनले भिनाजु नाता पर्ने ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय बाक्सिला र प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै आवश्यक अनुसन्धान र सोधपुछका लागि मिलनकै भाइ २० वर्षीय जिवन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।