
काठमाडौं, २६ वैशाख । घर फर्किन पाउनुपर्ने भन्दै २० जना भन्दा बढी चिनियाँ नागरिकले सिंहदरबार घेराउका क्रममा प्रहरीमाथि ढुंगा प्रहार गर्दा चार जना घाइते भएका छन् ।
ढुंगा प्रहारबाट नायव उपरिक्षक (डिएसपी) हरिबहादुर बस्नेतसहित चार जना प्रहरी घाइते भएका हुन् । धर्ना दिन पुगेका चिनियाँ नागरिकलाई हटाउने क्रममा ढुंगा प्रहार भएपछि प्रहरीले लाठी चार्ज गरेको थियो । सो क्रममा दुई जना चिनियाँ नागरिक घाइते भएका छन् ।
नेपालमा रहेका उनीहरूले पैसा सकिएको र बस्न सक्ने अवस्था नरहेको भन्दै धर्ना दिएका थिए । लक डाउनका बेला चिनियाँ नागरिकले गरेको आन्दोलन रोक्ने क्रममा केहीबेर झडप समेत भएको बताइएको छ ।











प्रतिक्रिया