३ कार्तिक २०८३, मंगलबार

सांसदहरुले कोरोनाको रिपोर्ट देखाएर मात्रै बैठकभित्र प्रवेश पाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । संघीय संसदको कुनै पनि सदस्यले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट नदेखाई बैठकभित्र प्रवेश गर्न नपाउने भएका छन् ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएर मात्र प्रवेश दिने निर्णय गरेको हो ।

सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबारसम्म आइपुग्ने र रिपोर्ट देखाएर पस्नुपर्ने व्यवस्था गरिएको छ । काठमाडौँ बाहिर रहेका सांसदहरुको शुक्रबार विहान कोरोना टेस्ट हुनेछ । रिपोर्ट नआइकन बैठक हलभित्र प्रवेश पाइने छैन ।