३ कार्तिक २०८३, मंगलबार

आइएमएस ग्रुपद्वारा सात हजार मास्क हस्तान्तरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । आइएमएस ग्रुपद्वारा नेपाल पत्रकार महासंघ, सिनामंगललाई सात हजार मास्क हस्तान्तरण गरेको छ । ग्रुपले वुधबार मास्क प्रदान गरेको हो ।

विश्वव्यापी महामारी कोरोनाभाइरसको कारण सारा विश्वसंकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् ।

विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो । आईएमएस ग्रुुपका अध्यक्ष श्री दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न पर्याप्त मात्रामा मास्क प्रदान गरेका छन् ।

आइएमएस ग्रुपको बारेमा

आइएमएस ग्रुपका एक स्थानीय समूह हो । जसअन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन् । आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो ।

सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ वर्षमा विशाल उन्नती गरेको छ । जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टर ब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकिंग, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।