३ कार्तिक २०८३, मंगलबार

इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजन रद्द हुन सक्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ वैशाख । क्लबहरू न्यूट्रल भेन्यूमा खेल्न सहमत नभएमा इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजन रद्द हुन सक्ने लिग प्रशिक्षक एसोसिएसनका प्रमुख कार्यकारी रिचार्ड बेभानले बताएका छन् ।

बेभानले भनेका छन्, ‘समय हाम्रो पक्षमा छैन र जुन १२ सम्म लिग सुरु गर्नका लागि प्रशिक्षण चाँडो थाल्नु पर्ने हुन्छ ।’

लिगका सबै २० क्लब बाँकी ९२ खेल खेल्न प्रतिबद्ध छन्, तर त्यसका लागि सुरक्षा पहिलो शर्त रहेको उनीहरुले बताउँदै आएका छन् ।

सुरक्षाकै लागि अधिकतम १० वटा न्यूट्रल भेन्यूको प्रस्ताव गरिएको हो । तर ब्राइटनले भने आफू न्यूट्रल भेन्यूको पक्षमा नरहेको बताउँदै आएको छ । यसले लिगको मर्म नसमेट्ने र रेलिगेशनको जोखिममा न्यूट्रल भेन्यूमा खेल्न नसक्ने बताएको छ ।

न्यूट्रल भेन्यूमा खेल सुरु गर्नका लागि लिगका २० मध्ये १४ क्लबले पक्षमा मत दिनु पर्छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्च १३ देखि रोकिएको लिगका खेल पुनः सुरु गर्ने सम्बन्धी प्रस्तावमा आउँदो सोमबार मतदान हुने तयारी छ ।