काठमाडौं, २७ फागुन । निर्माण व्यवसायीमाथि भएको दुव्र्यव्यवहारप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
मध्यमाञ्चल सिँचाई विकास डिभिजन नम्बर ३ का कार्यालय प्रमुख मनोरञ्जन कुमार सिंहले सर्लाही जिल्लाका निर्माण व्यवसायीद्धय मनिषकुमार झा र केशवबहादुर दाहालमाथि दुव्र्यवहार गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।
विकास निर्माणका विषयमा छलफल भइरहँदा सिंहले व्यवसायीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेको महासंघको भनाइ छ । सिहंले प्रहरी प्रशासनको आडमा व्यवसायीद्धय झा र दाहाल आफुलाई मार्न आएको भनी झुटा मुद्दा समेत दायर गरेको महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
महासंघका उपमहासचिव तथा प्रचार प्रसार संयोजक विष्णु बुढाथोकीले बुधवार एक विज्ञप्ती निकाल्दै निर्माण व्यवसायीलाई अनाहक गाली गलौज गरी विकास निर्माण कार्यलाई अवरोध पुर्याउने व्यक्ति माथि आवश्यक छानविन गरी कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्नुभएको छ ।
निर्माण व्यवसायी र कार्यालय प्रमुखबीच टेण्डरका विषयमा विवाद हुँदा कार्यालय प्रमुखले अपशब्द प्रयोग गरेका थिए ।















प्रतिक्रिया