रौतटह, २५ वैशाख । रौतहटमा चर्न गएका गोरुलाई शिकारीले गोली हानेका छन् । रौतहटको चन्द्रपुर ३ गैडाटारमा चर्न गएको गोरु शिकारीको गोली शरीरमा बोकेर गोठमा फर्केको छ ।
शिकारीले हरिण सम्झेर हानेको गोली स्थानीय किसानको चर्न गएको गोरुलाई लागेको हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।
लकडाउनको समय बढ्दै जादा सो वडामा बन्यजन्तुहरुको शिकारीको संख्या समेत बढ्दै जान थालेको छ ।
चन्द्रपुर नगरपालिकाकोे वडा नम्बर ३ गैडाटारमा बुधबार शिकारीको बन्दुकको गोलीबाट एक गोरुलाई घाइते भएको छ ।
गैडाटारको उत्तर आदर्श सामुदायिक वन क्षेत्र आसपासको जंगलमा चरिचरणमा गएको बेला सो गोरुको गर्धनमा गोली लागेको चन्द्रपुर—३ गैडाटारका गोरु मालिक रामबहादुर थिङले जानकारी दिए ।
बिहान चरिचरणको लागि आफूले गोरु धुरुप खोलामा छाडेको तर अचानाक गोरु चाडै घर आउदा गर्धनमा गोली संगै ल्याएको थिङले बताए ।
यस क्षेत्रमा दिन र रात दुवै समय दर्जनौ सिकारीहरू वनमा सिकार खेल्न जाने गरेका छन । गोरुलाई कसले कुन क्षेत्रमा शिकारीले गोली हानेको त्यो भने थाहा नभएको स्थानीय मानध्वज वाइबाको भनाइ रहेको छ ।
लकडाउनको अबधिमा फुर्सदमा बसेका मानिसहरू यति बेलाको मुख्या काम नै सिकार खेल्नु भएको छ । गोरुको गर्धनमा गोली रहेको छ ।
सो गोली निकाल्नको लागी एग्रोभेटका भेटनरी डाक्टर ल्याउने तयारी भइरहेको रामबहादुर थिङले बताए । अस्थायी प्रहरी पोष्ट गैडाटारका प्रहरीद्वारा निरीक्षण समेत गराइ सकेको थिङले बताए ।












प्रतिक्रिया