
काठमाडौँ, २४ वैशाख । सत्तारुढ नेकपाले स्थायी समितिको बैठक स्थगित गरेको छ ।
सचिवालय बैठक निष्कर्षविहीन भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आगामी बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने सहमति भएको छ ।
वुधबारकै सचिवालय बैठकमा यस्तो प्रस्ताव राखेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक नसकिँदै आराम गर्नलाई बैठकबाट बाहिरिएका थिए ।
त्यसपछि बैठक अवरुद्ध भएको थियो । तर दुई अध्यक्षबीचको छलफलले अबको आगामी बजेट तथा नीति निर्माणमा लाग्ने सहमति भएको हो ।
त्यही निर्णय कार्यकारी अध्यक्ष प्रचण्डले अन्य सचिवालय सदस्यहरुलाई सुनाएका थिए । त्यसपछि बैठकले हाल बजेट तथा नीति तथा कार्यक्रममा केन्द्रित हुने निर्णय गरेको छ ।















प्रतिक्रिया