
काठमाडौँ, २४ वैशाख । पर्सा वीरगञ्जका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये एकजना दुई महिने शिशु पनि रहेका छन् ।
उनी नेपालमा कोरोना संक्रमितमध्ये सबैभन्दा कम उमेरका हुन् । यसअघि नेपालगञ्जमा सात वर्षे बालकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । थपिएका संक्रमितहरु दुई महिने शिशुदेखि ६६ वर्षसम्मका छन् ।
त्यसैगरी, प्रवक्ता देवकोटाले निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः संक्रमण देखिएर अस्पतालमा भर्ना भएको पनि जनाए ।
यता कोशी अञ्चल अस्पतालमा रहेका ६ जना संक्रमित आज डिस्चार्ज भएका छन् । अहिलेसम्म निको भएर डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ ।
अहिलेसम्म देशैभर पीसीआर विधिबाट १४ हजार ९६ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । आरडीटी किट विधिबाट ५२ हजार ९ सय ७० पुगेको छ । आजसम्म देशभर आइसोलेसनमा १३६ जना रहेका छन् ।















प्रतिक्रिया