
काठमाडौँ, २४ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भइरहेको छ । अहिले बालुवाटारमा बसिरहेको बैठकमा भोलि तय भएको स्थायी समितिको बैठकमा पेस हुने प्रस्तावबारे छलफल हुने बताइएको छ ।
पछिल्लो समय अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिएको थियो । केहीदिन वैशाख २० गतेको सचिवालय बैठक पश्चात उनीहरुबीच सामान्य अवस्था देखिन आएको छ ।
अहिलेको बैठकमा मुलत भोलिको प्रस्ताव तथा पार्टीका आन्तरिक विवाद समाधानबारे छलफल भइरहेको जनाइएको छ ।















प्रतिक्रिया