
काठमाडौँ, २४ वैशाख । काठमाडौँ उपत्यका भित्रिन खोज्ने अत्यावश्यकबाहेकका १ सय ३ वटा सवारी साधन फर्काइएका छन् ।
नेपालमा लकडाउन भइरहेका बेला विभिन्न बहानामा काठमाडौँ भित्रिनेको संख्या बढीरहेको छ ।
काडमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धादिङको सिमाना खत्रीपौवा पुगेर काठमाडौँ भित्रिन खोज्ने सवारी साधनको बारेमा जानकारी लिएकी थिइन् ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले उपप्रमुख खड्गीलाई सोमबार ३७ सवारीलाई र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको जानकारी दिए ।
श्रेष्ठले अत्यावश्यक साधानबाहेक अन्यलाई रोक्न थालिएको बताए । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० सवारी साधन भित्रिने गरेका छन् ।















प्रतिक्रिया