
काठमाडौँ, २४ वैशाख । लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी छ ।
लकडाउनको कति दिन थप्ने र यसको मोडालिटी के बनाउने भन्नेबारे बैठकमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । कोरोनाका जोखिमयुक्त स्थानहरुलाई वर्गीकरण गरेर लकडाउनको संरचनाबारे निर्णय गरिने बताइएको छ ।
मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधि बढाउन उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ गतेदेखि जारी लकडाउनको पछिल्लो पटक थपिएको अवधि वैशाख २५ गते सकिँदैछ ।















प्रतिक्रिया