३ कार्तिक २०८३, मंगलबार

स्थायी समितिकाे एजेण्डा बनाउन नेकपाकाे सचिवालय बैठक बस्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ ।

बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने सविालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिएका छन् ।

पार्टीलाई एक ढिक्का बनाएर लैजाने २० बैशाखमा बसेको सचिवालयले निर्णय गरे पनिस्थायी समितिमा कुन कुन विषयलाई छलफलका एजेण्डा बनाउने भन्नेमा शीर्ष नेताहरुबीच एकमत हुन सकेको छैन ।

कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समितिका एजेण्डा बनाउने जिम्मेवारी पाएका छन् ।