३ कार्तिक २०८३, मंगलबार

बार्सिलोनाका खेलाडीको अनिर्वाय कोरोना परीक्षण हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ वैशाख । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने तयारीमा ला लिगा छ ।

त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार बार्सिलोनाको प्रशिक्षण मैदानमा कोभिड–१९ रहे–नरहेको भन्ने थाहा पाउन बुधबार परीक्षण गर्ने तयारीमा क्लब रहेको छ ।

ला लिगाका क्लबहरुलाई यो हप्ता प्रशिक्षणमा फर्किन अनुमति दिइएको छ । लिगले परीक्षणका लागि अनुमति दिएको बार्सिलोनाले जनाएको छ ।

ला लिगाका आयोजकले आउँदो जुनमा बाँकी खेलहरु सुरु गर्ने तयारी गरेका छन् । कोरोना भाइरसको महामारीका कारण स्पेनका सबै फुटबल गतिविधिहरु गएको मार्चदेखि नै रोकिएका छन् ।