महेन्द्रनगर, २७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कञ्चनपुरको दैजी-बेल्डाँडी सडक कालोपत्रेका लागि केन्द्रमा पहल गर्ने आश्वासन दिनुभएको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेता देउवाले राजनीतिक अस्थिरताले विकास प्रभावित भएको बताउँदै छिट्टै दैजी-बेल्डाँडी सडक कालोपत्रे गरिने बताउनुभएको हो ।
प्रेस युनियन शाखा कञ्चनपुरका अध्यक्ष चक्र महताले दैजी-बेल्डाँडी सडकका बारेमा नेता देउवालाई जानकारी गराउनुभएको थियो ।
अध्यक्ष महताले देउवा समक्ष भन्नुभयो-‘कञ्चनपुरको महत्वपूर्ण सडक हो, कालोपत्रे नभएका कारण दक्षिणी क्षेत्रका जनताहरु समस्यमा परेका छन ।’ सडक कालोपत्रे गर्नका लागि १० किलोमिटर सर्वे भईसकेको भन्दै महताले बजेट अभाव भएकाले बजेटका लागि पहल गरिदिन समेत अनुरोध गर्नुभयो ।
बेल्डाँडी सडक कालोपत्रे नभएका कारण दक्षीणका जनताहरुलाई आवत–जावतमा समस्या परेको छ, त्यसमा गम्भिर भईदिन समेत अध्यक्ष महताले नेता देउवालाई अवगत गराउनुभएको थियो ।
अध्यक्ष महताको कुरा सुन्दै नेता देउवाले समग्र विकासका लागि आफुले पहल गर्ने आवश्वासन दिनुभयो । ‘सो सडक पनि बनिहान्छ ।’, देउवाले भन्नुभयो ।
अब बजेट निकासाका लागि तपाईले केही पहल गर्नुहुन्छ ? भन्ने प्रश्नमा नेता देउवाले बजेटका लागि कुरा गर्ने उद्घोष गर्नुभयो । नेता देउवा विस २०६४ साल पहिलो संविधानसभा निर्बाचनका बेला दैजी–बेल्डाँडी सडकै बाटो भएर बेल्डाँडी जानुभएको थियो ।
त्यती बेला नै सो सडक छ, भन्ने त थाहा होला ? हाल आएर सडक कालोपत्रेको माग उठिरहेका बेला नेता देउवाले सडकको स्तरोन्नती गर्नेमा पहल गर्ने आवश्वासन भने दिनुभएको हो ।















प्रतिक्रिया