गोरखा, २४ वैशाख । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको चेपाङबस्तीमा दादुराको महामारी फैलिएको छ ।
गाउँपालिका–६ को ह्विलिङमा तीनजना बालबालिका र वडा नम्बर ७ को क्षेत्रीखोलाका पाँच जना चेपाङ समुदायमा दादुरा फैलिएको हो ।
वडा नम्बर ६ ह्वीलिङका एकै घरका १२ र नौ वर्षका र अर्को एक घरका आठ वर्षका बालकमा दादुराका बिरामी रहेको स्थानीय बेलु चेपाङले जानकारी दिइन् ।
वडा नम्बर ७ क्षेत्रीखोलाका छ महिना, चार, १४, १८ र २९ वर्षका स्थानीय संक्रमित भएको गीता चेपाङले बताइन् ।
उनीहरूमध्ये ह्विलिङका तीन जनालाई निको भइसकेको बेली चेपाङको भनाइ छ । क्षेत्रीखोलाका चार जनाको अवस्था सामान्य रहेको र एकजना गम्भीर बिरामी रहेको स्थानीय श्रीमाया चेपाङले जानकारी दिइन् ।











प्रतिक्रिया