३ कार्तिक २०८३, मंगलबार

बाराकी बलात्कृत बालिकाको क्षतिपूर्ति माग पूरा भएपछि मात्र अन्तिम संस्कार गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeकलैया, २७ फागुन । बेटी बचाउ सङ्घर्ष समिति बाराले बलात्कृत बालिकाको उपचारका क्रममा मृत्यु भएकी बालिकाको परिवारलाई उचित क्षतिपूर्तिको माग पूरा नभएसम्म मृतकको अन्तिम संस्कार नगरिने सो समितिबाट थाहाभएको छ ।

कलैया–८ बस्ने बद्रीनारायण साहकी ७ वर्षीया छोरी पूजा साहलाई यही फागुन ८ गते बेलुकी ७ बजे कलैया–४ बस्ने विन्दा साह कानुको २८ वर्षीय छोरा कन्हाइ गुप्ताले ललाइफकाई कलैया–६ स्थित मोतिवागनिर जबर्जस्तीकरणी गरी अचेत अवस्थामा छाडिएकी बालिका भोलिपल्ट फेला परेकी र उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको र शव मङ्गलबार कलैया ल्याइएको थियो ।

बेटी बचाउ सङ्घर्ष समितिले मृतक बालिकाको शवलाई मङ्गलबार कलैया नगर परिक्रमा गरी उचित क्षतिपूर्तिका लागि जिल्ला प्रशासनअगाडि शव राखी धर्ना दिइएको थियो । माग पूरा नभएकाले समितिले आज बिहानदेखि शवलाई भरतचोकमा राखी सडक अवरोध गरी आन्दोलन गरिएको समितिका अध्यक्ष एवम् पूर्वसभासद् प्रमोद गुप्ताबाट थाहाभएको छ । आज पनि कलैयाबजार बन्द गरिएको छ । रासस