३ कार्तिक २०८३, मंगलबार

काठमाडौँका निको भएका पुरुषमा फेरि भेटियो कोरोना संक्रमण

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ वैशाख । निको भएर घर फर्किएका कोठमाडौँका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुषमा पुनः कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चैत ५ मा बेलायतबाट फर्किएका थिए । उनीसँगै उनकी ८१ वर्षीय आमामा वैशाख १ मा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनीहरु पाटन अस्पतालमा उपचार गराएर वैशाख ११ मा डिस्चार्ज भएका थिए । यसअघि वीरगञ्ज र रौतहटका दुई जना निको भएकामा फेरि संक्रमण देखिएको थियो ।