जाजरकोट, २७ फागुन । मोतिराम आचार्यको १३ औं पुन्य तिथिका अबसरमा जाजरकोटमा निर्माण गरिन लागेको किरिया कर्म स्थलको शिलान्यास गरिएको छ ।
युवा संघ नेपालका पुर्व महासचिब तथा नेकपा एमालेका युवा नेता निरज आचार्यका पिता मोतिराम आचार्यको १३ औं पुन्य तिथिका अबसरमा जगतिपुर १ मा निर्माण गरिने किरिया कर्म थलोको मंगलबार निरज आचार्य र दाजु रामला तथा भाई जय आचार्यले सयुक्त रुपमा शिलान्यास गरेका छन् ।
शिलन्यास समारोहमा बोल्दै युवा संघ नेपालका पुर्व महासचिव आचार्यले किरिया कर्म थलोलाई निर्माण गर्न सकिए यो ऐतिहाँसिक, धार्मिक तथा गाउँका सबैको लागी श्रहानीय कार्यका रुपमा लिन सकिने बताए ।
करिब ५ लाख बराबरको रकममा निर्माण गरिने उक्त किरिया थलोलाई मोतिराम किरिया कर्म स्थलको नामाकरण समेत दिईएको छ ।
साथै यसलाई संस्कृतिमा अर्धोदेहिक कर्म स्थल समेत भनिने बताईएको छ । शिलान्यास समारोहमा एक सय भन्दा बढी स्थानीय राजनीतिक दलका नेता, शिक्षक, बुद्घिजिबी, तथा गाउँलेहरुको उपश्थििती रहेको थियो ।















प्रतिक्रिया