
काठमाडौं, २३ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको बुधबार हुने सचिवालयको बैठकमा सहमतिको प्रस्तावको मोडालिटी तयार पार्न अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल परामर्शमा जुटेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच सहमतिको प्रस्तावको मोडालिटीबारे छलफल चलेको छ । यस्तो प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् ।
विहीबार स्थायी समितिको बैठक पनि डाकिएको हुँदा बुधबारको सचिवालयमा सर्वसम्मत हुनेगरीको प्रस्ताव तयार पार्नका लागि नेतात्रय छलफलमा जुटेको स्रोतले जनाएको छ ।











प्रतिक्रिया