झापा, २३ वैशाख । झापा गाउँपालिकामा गोली चलेको छ । वडा नम्वर ४ को जङे पिलर १ सय ३१ नम्वर आसपासको सीमा सुरक्षा पोस्ट क्षेत्रमा गोली चलेको हो ।
लकडाउन उल्लंघन गर्दै छिमेकी मुलुक भारतबाट हुलका हुल मानिस नेपालतर्फ पस्न थालेपछि उनीहरूलाई नियन्त्रण गर्न प्रहरीले गोली नै प्रहार गर्नु परेको हो ।
गाउँपालिका अध्यक्ष जयनारायण शाहले सीमापारिबाट आएको अज्ञात भारतीय समुहबाट हुलहुज्जत भएको र गोली समेत चलेको जानकारी दिए ।
अध्यक्ष शाहले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सीमा क्षेत्रमा भारतीय नागरिकबाट गरिएको यस्तो किसिमको गतिविधि निन्दनीय र खेदजनक भएको भन्दै भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट दुई देशीय हित र पारस्पारिक लाभको आधारमा पूर्ण नियन्त्रण गर्नको लागि जोड्दार माग गरेका छन् ।
अध्यक्ष शाहले गाउँपालिकाका जनताको समयमा नै जिउ धनको सुरक्षाको उचित व्यवस्था गर्नका साथै थप सुरक्षा प्रबन्ध मिलाउन झापा जिल्ला प्रशासन, सुरक्षा निकाय र नेपाल सरकारको समेत ध्यानाकर्षण गराए ।











प्रतिक्रिया