७ मंसिर २०८३, सोमबार

नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढेपछि तीन दिनका लागि कर्फ्यू जारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २३ वैशाख । नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि तीन दिनका लागि कर्फ्यू जारी गरिएको छ ।

मंगलबार बिहानदेखि तीन दिनसम्मका लागि बाँके जिल्लाको नेपालगन्जमा कर्फ्यू जारी गरिएको हो । नेपालगन्जमा मात्रै आइतबार एकै दिन एकै चोटि १५ जना संक्रमित भेटिएका थिए । संक्रमणलाई रोक्न सरकारले परीक्षणलाई पनि तीव्र बनाउने जनाएको छ ।

सोमबार जिल्ला सुरक्षा समिति र सरोकारवालाहरुको बैठकपछि निषेधाज्ञा जारी गरिएको हो । नेपालगन्जमा यसअघि तरकारी मण्डी लगायत पसलहरू फाट्टफुट्ट खुल्ने गरेका थिए ।

सोमबार भने स्थानीय सरकारले स्थानीयलाई निषेधाज्ञा पालना गर्न अपील गर्दै लिखित सूचना पनि जारी गरिसकेको छ ।

नेपालगन्जमा आइतबार आठ पुरुष र सात महिलामा कोरोना संक्रमण देखिएको हो ।