३ कार्तिक २०८३, मंगलबार

परीक्षा र विद्यार्थी भर्नासम्बन्धी कुनै पनि निर्णय भएको छैन : शिक्षा मन्त्रालय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । शिक्षा मन्त्रालयले विद्यार्थी भर्ना र परीक्षाका सम्बन्धमा कुनै पनि निर्णय नभएको जनाएको छ ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले अर्को सूचना जारी नभएसम्म भर्ना नगर्न र परीक्षाका कार्यक्रम तय नगर्न समेत सम्बन्धित विद्यालय र क्याम्पसहरुलाई आग्रह गरेको छ ।

बैठकपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विद्यार्थीको परीक्षा तथा भर्ना सम्बन्धी केही निर्णय नभएको बताएको हो । यस समयमा कसैले पनि विद्यार्थी भर्नाको नाममा बढी शुल्क लिइएको पाइए कारवाही गर्ने समेत जनाइएको छ ।

रोकिएका परीक्षा, एसईई तथा कक्षा ११ र १२ को परीक्षाबारेमा सुक्ष्म अध्ययन गरिरहेको जनाउँदै मन्त्रालयले अहिलेसम्म त्यस विषयमा कुनै पनि आधिकारिक सूचना जारी नगरेको जनाएको छ ।