३ कार्तिक २०८३, मंगलबार

सेभ द चिल्ड्रेनले दोस्रोपटक स्वास्थ्य सामाग्री हस्तान्तरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । स्थानीय तह तथा जिल्ला स्वास्थ्य कार्यालय तथा बाल विकास समाजको समन्वयमा सेभ द चिल्ड्रेनले दोश्रो पटक जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

पहिलो पटक १ लाख ५० हजार भन्दा बढीको सेनीटाइजर, मास्क लगायतका सामाग्रिहरु त्रियुगा नपा, कटारी नपा, ताप्लि र उदयपुर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

उदयपुर जिल्लाका कार्यक्रम संयोजक दीपक बुढाथोकीले प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई सामान हस्तान्तरण भएको जानकारी दिए ।

पीपीई सेट ८० थान, आइ आर थर्माे मिटर १४ थान, गमबुट ४० जोडी, क्वारेन्टाइन केन्द्रलाई डिसइन्फेक्ट गर्न १२५ लिटर, सर्जिकल ग्लोव १८१६ जोडी, लगायतका सामाग्री ७ लाख ५० हजार बढीको सामान हस्तान्तरण भएको उनले जनाए ।

सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजकले यस विषम परिस्थितिमा जिल्लामा कोभिड १९ का विरुद्ध कार्य गर्न स्वास्थ्यकर्मीहरुलाई यस सानो सहयोग गर्न पाएकोमा खुसी लागेको र यस सामाग्रीहरुको उचित प्रयोग हुनेमा विश्वास गरे ।

कार्यक्रममा साझेदार संस्था बाल विकास समाजका कार्यक्रम संयोजक, प्रहरी प्रमुख, शसस्त्र प्रहरी वलका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी पहाडीले अत्यावश्यक सामाग्रीहरु उपलव्ध गराएकोमा सेभ द चिल्ड्रेनलाई धन्यवाद दिए ।

सामाग्री हस्तान्तरण पछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीको पहलमा कटारी अस्पतालमा प्रयोग हुने गरी कटारी नगरपालिकालाई २० थान पीपीई सेट, ४ थान आइआर थर्माेमिटर, ग्लोभस लगायतका सामाग्री र ताप्ली तथा लिम्चुङबुङ गाउँपालिकामा पढाउने गरी आवश्यक व्यवस्था गरे ।

वहाल सेभ द चिल्ड्रेनले उपलव्ध गराएको सामाग्रीले स्वास्थ्यकर्मीको स्वास्थ्य सेवा उपलव्ध गराउन मनोवल वढने कुरा बताएका थिए । साथै यस प्रक्रियामा सहजीकरण गर्ने वाल विकास समाजलाई धन्यवाद दिए ।