
काठमाडौँ, २२ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सकिएको छ । बैठकमा कोरोना रोक्न भइरहेको प्रयासबारे वर्तमान अवस्थाको समीक्षा भएको समिति सदस्य नारायणप्रसाद विडारीले जानकारी दिए ।
कोरोना परीक्षण पनि उल्लेखनीय रुपमा अघि बढीरहेको र देशले अहिले अपनाएको बाटो सही छ भन्ने बैठकको निष्कर्ष रहेको विडारीले बताए । उनले भने, ‘समीक्षात्मक छलफल भएको र अहिलेसम्म गरिएका कर्महरु सही दिशामा नै रहेको बैठकको निष्कर्ष रहेको छ ।’
उनले स्वास्थ्य क्षेत्रलगायतका विज्ञहरुसँग बसेर पनि छलफल गरिरहिएको जनाए । त्यस्तै, लकडाउनको मोडालिटीको बारेमा वर्कआउट भइरहेको र भोलि पनि समितिको बैठक बस्ने बताए । उनले यी विषयहरुमा पनि अझै दुई तिन दिन थप तथ्यांक लिएर बाँकी कसरी जानुपर्छ भन्नेबारे निर्णय गरिने बताए ।
वैशाख २६ गते पछिको अवस्थाको बारेमा आन्तरिक गृहकार्य र विश्लेषण जारी रहेको विडारीले बताए ।















प्रतिक्रिया