
काठमाडौँ, २२ वैशाख । सरकारले प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली कामदारलाई ल्याउने जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हामीले विदेशमा बस्ने नेपालीलाई प्राथमिकताको आधारमा ल्याउनेछौं । त्यसका लागि उचित व्यवस्थापन गर्नको लागि सरकारले उचित योजना बनाइरहेको छ । कहिले ल्याउने भन्ने विषयमा अहिले नै मिति भन्न भने सक्ने अवस्थामा छैन।’
मन्त्री ज्ञवालीले नेपाललाई सुरक्षित बनाएपछि विदेशबाट नेपालीलाई क्रमश ल्याइने बताए । ‘पहिला नेपाल सुरक्षित बनाउने हो । नेपाल सुरक्षित भएपछि उहाँहरु (विदेशमा रहेका नेपाली) पनि सुरक्षित हुनुहुन्छ । त्यसपछि हामी क्रमशस् उहाँहरुलाई ल्याउछौं,’ उनले भने ।
त्यस्तै, उनले विदेशबाट ल्याउने नेपालीको उचित व्यवस्थापन गर्न अर्थ, उद्योग, श्रम र पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको बताए ।















प्रतिक्रिया