
काठमाडौँ, २२ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका बनाउन निर्देशन जारी गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले लकडाउनको मोडालिटीबारे छलफल गर्दै ति मन्त्रालयहरुलाई खाका पेश गर्न भनेको हो । त्यही सुझावको आधारमा मन्त्रिपरिषद बैठकमा खाका पेश हुनेछ ।
जोखिमको अवस्थालाई मुल्यांकन गरेर मात्रै लकडाउन क्षेत्रअनुसार खुकुलो वा कडा बनाउने तयारी भएको जनाइएको छ । स्थानअनुसार रेड जोन, ग्रिन जोन र यल्लो जोन वर्गीकरण गरेर त्यसैअनुरुप लकडाउनको मोडालिटी तयार पारिने बताइएको छ ।
त्यस्तै, बैठकले काठमाडौँ हाइरिस्क मै रहेको भन्दै तत्काल काठमाडौँ नखुल्ने पनि निर्णय गरेको छ ।















प्रतिक्रिया