
काठमाडौँ, २२ वैशाख । राहत वितरणको विषयमा सिराहामा झडप हुँदा ५ जना प्रहरी र ४ जना स्थानीय घाइते भएका छन् ।
सिराहाको मिर्चैयामा सोमबार प्रहरी र स्थानीयबासीबीच झडप भएको हो । मिर्चैया नगरपालिका ७ मा विगत तीन दिनदेखि राहत वितरण भइरहेको छ ।
आज राहत वितरणकै क्रममा केही मानिसहरुले हो हल्ला गरेर कार्यक्रम विथोल्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड अश्रुग्यास र ९ राउन्ड हवाई फायर गरेको थियो ।















प्रतिक्रिया