
काठमाडौँ, २२ वैशाख । धनगढीबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ७ जाखोरताल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको क्षेत्रीय अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले एक थान पेस्तोल सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु भनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवर छन् ।
पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा लगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया