७ मंसिर २०८३, सोमबार

पूर्वआईजी खनाल, सांसद बस्नेत र श्रेष्ठविरुद्ध सरकारी वकिलको कार्यालयमा निवेदन दर्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । अपहरण हो या होइन भन्ने विषय नै विवादमा परेको एउटा निवेदन सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दर्ता गरेको छ ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्ने व्यहोराको उजुरी महानगरीय प्रहरी परिसरले नलिएपछि सरकारी वकिलको कार्यालयमा दर्ता गरिएको हो ।

अब सरकारी वकिलको कार्यालयले उक्त निवेदन महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ताका लागि पत्राचार गरी त्यसको विवरण उपलब्ध गराउन भन्नेछ । यसले खनाल, बस्नेत र श्रेष्ठविरुद्ध अपहरणको चार्जमा पक्राउ गरी अनुसन्धान हुनसक्ने कानुनी बाटो अघि बढेको छ ।

तर यो प्रकरण नै विवादमा तानिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत फोनमा कुराकानी गरेका सांसद यादवको अपहरण नभएको भन्ने चर्चा बलियो छ ।

उनले महोत्तरीबाट काठमाडौं मेरियट होटलसम्म आउँदा अपहरण भएको भन्ने जानकारी कुनै सुरक्षा चेक जाँच पोस्टसम्मलाई नभनेको र उनका सरकारी सुरक्षाकर्मीसमेत साथमा रहेको अवस्थालाई तोडमोड गरिएको भन्ने नेकपाका नेता कार्यकर्ताको आराप छ ।