
–झमक तिम्सिना
गजल
छैन सिमाना फगत धर्ती आकास बनायो ।
के गाउँ के शहर सबैतिर गुप्तबास बनायो ।
मन्दिर मस्जिद गुम्बा चर्चहरु चुपचाप छन्,
मान्छे आफैं इश्वर हुनुपर्ने आभास बनायो ।
नजिकिन चाहदैन थियो मान्छे मान्छेसँग,
त्यसैले दुरीलाई पनि उसले खास बनायो ।
ठूलोसानो ठानेन छुट्याएन अमिर गरीबको,
रातो रगत सबैको र त एउटै लास बनायो ।
इश्वर कै अवतार हो कि राक्षसको धरामा,
मालिकै हुँ भन्नेहरुलाई पनि दास बनायो ।
पर्गेल्नै सकेनन् महाशक्तिहरुले पनि कसै,
खै कस्तो खेल हो कोरोनाले तास बनायो ।
###















प्रतिक्रिया