३ कार्तिक २०८३, मंगलबार

लकडाउनको अवधि तथा मोडालिटीबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । लकडाउनको मोडालिटी तथा अवधिबारे निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सोमबार २ बजे बस्दैछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा कोरोनाको जोखिम, वर्तमान अवस्था तथा ४२ दिनदेखि जारी लकडाउनले पारेको प्रभावबारे छलफल तथा समीक्षा हुने जनाइएको छ ।

लकडाउनलाई केही खुकुलो बनाउने गृहकार्य भइरहेको छ । यद्यपि यसबारे ठोस निष्कर्ष निकालिएको छैन । पछिल्लो पटक बढाइएको लकडाउनको समयसीमा यही वैशाख २५ गते सकिँदैछ ।